पराजयसँगै नेपालको विश्वकप छनोट खेल्ने सपना लगभग समाप्त भएको छ । शुक्रबार हङकङस्थित मिसन रोडको मोङकङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा भएको खेलमा हङकङले नेपाललाई ८३ रनले हराएको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले अन्तिम बलमा हङकङलाई अलआउट गरेको थियो । हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।…