युवा टोलीलाई राष्ट्रिय टोलीका खेलाडी शरद भेषावकर, नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअधिकृत छुम्बी लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
नेपालले पहिलोपटक भारतलाई हराएर पहिलोपटक प्रतियोगिताको सेमिफाइनलमा पुग्ने कीर्तिमान रचेको थियो ।
जिम्मेवार निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)सँगै युवा तथा खेलकुद मन्त्रालयबाटसमेत स्वागत गर्न कोही नपुग्दा भने खेलाडीले खल्लो महसुस गरेका छन् ।
नेपालले समूह चरणमा साविक विजेता भारतलाई १९ रनले तथा मलेसियालाई ८ विकेटले हराएको थियो भने बंगलादेशसँग २ विकेटको झिनो हार व्यहोरेको थियो ।
सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।
प्रतियोगिताको उपाधिका लागि आइतबार अफगानिस्तान र पाकिस्तान भिड्दैछन् ।









प्रतिक्रिया दिनुहोस्