Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


हङकङमा सम्पन्न अन्तर्राष्ट्रिय ‘ट्रेल रेस’मा नेपाललाई ४ स्वर्ण


0
Shares

त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै सेनाका चारजना धावक पूर्णकुमार तामाङ, समिर तामाङ, तीर्थ तामाङ र वेद सुनुवारले १०० किलोमिटर दूरीलाई १२ घन्टा १ मिनेटको समयमा पूरा गरी नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएको नेपाली सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयद्वारा शनिबार जारी विज्ञप्तिका अनुसार सो प्रतियोगितामा विश्वका विभिन्न देशका पाँच हजार खेलाडीले भाग लिएका थिए ।

हङकङको साई कुङदेखि ट्युन मुनसम्मको दूरीमा सम्पन्न सो विश्वप्रतिस्पर्धा हङकङमा निकै प्रख्यात मानिएको छ । रासस