Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


नेपाल–फिलिपिन्सको खेल गोलरहित बराबरीमा, अनिलले लिए राष्ट्रिय टोलीबाट सन्न्यास


0
Shares

मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर खेरफाल्दा अंक बाँड्न बाध्य भए ।

फिलिपिन्समै भएको पहिलो लेगको खेलमा ४–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा बदला लिन नसके पनि अंक बाँडेको हो ।

यो बराबरीपछि समूहका ५ खेलबाट ९ अंक जोडेको फिलिपिन्स शीर्ष स्थानमा कायमै छ । एक खेल कम खेलेका यमन र ताजिकिस्तानले ६/६ अंक जोडेका छन् । पुछारमा रहेको नेपालको भने २ अंकमात्रै छ ।

नेपालले यसअघि हलचोक मैदानमा भएको खेलमा यमनसँग बराबरी खेलेको थियो ।

फिलिपिन्सविरुद्धको खेलपछि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर अनिल गुरुङले सन्न्यास लिएका छन् ।

राष्ट्रिय टोलीका लागि ५०औं खेल खेलेका अनिलले क्लब फुटबललाई भने निरन्तरता दिने जनाएका छन् ।