फिलिपिन्सविरुद्ध मंगलबार घरेलु मैदानमा खेल्दै अनिलले राष्ट्रिय टोलीबाट औपचारिकरुपमा बिदा लिएका हुन् ।
खेलको ८२औं मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दैै राष्ट्रिय टोलीबाट ५०औं खेल पूरा गरेका अनिललाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल सकिएपछि औपचारिक कार्यक्रमका साथ बिदाइ गरेको थियो ।
नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको छ ।
राष्ट्रिय टोलीबाट सन्न्यास लिएपनि अनिलले मनाङ्–मर्स्याङ्दी क्लबबाट अझै केही वर्ष घरेलु फुटबल खेल्नेछन् ।
सन् २००७ मा विश्वकप छनोटअन्तर्गत् ओमानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका अनिलले राष्ट्रका लागि ५० खेल खेल्दै ९ गोल गरे ।
पोखराको साहारा एकेडेमीका उत्पादन अनिलले नेपाली फुटबलले आफूलाई सबैथोक दिएको बताए ।
राष्ट्रिय टोलीबाट सोचेभन्दा सम्मानजनक रुपले बिदाइ हुन पाउँदा अत्यन्तै खुसी लागेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्