यो जितसँगै नेपालले आगामी एकदिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाउने सम्भावनालाई कायमै राखेको छ । बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेसँगै नेपालले केन्यामाथि शानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न केन्याविरुद्धको दोस्रो खेलमा नेपालले ७ विकेटको जित दर्ता गरेको हो । वर्षाले प्रभावित पहिलो खेलमा ५ विकेटको पराजय भोगेको…