
आइतबार राती भएको खेलमा घरेलु टोली डेपोर्टीभोले बार्सिलोनालाई २-१ ले हराएको हो ।
बार्साको लिग उपाधि अभियानमै धक्का पुग्ने गरी हराउन डेपोर्टीभोका जोसेलु र अलेक्जेण्डर बर्गान्टीनोसले एक/एक गोल गरे ।
बार्सिलोनाका लागि लुइस सुवारेजले एक गोल गरेका हुन् । यो हारपछि बार्सिलोनाले अंक तालिकामा आफ्नो अग्रता गुमाएको छ ।
राति भएको अर्को खेलमा रियाल बेटिसलाई २-१ ले हराउँदै रियाल मड्रिड तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।
खेलमा रियाल मड्रिडलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डो र सर्जीयो रामोसले एक/एक गोल गरेका थिए ।
रातिका खेलपछि स्पेनिस ला लिगाको अंक तालिकामा २६ खेलबाट ६२ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको बार्सिलोना ६० अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्