
शनिबार नेपालगन्ज रंगशालामा भएको क्वार्टरफाइनल खेलमा संकटाले सशस्त्र प्रहरीको क्लबलाई २–१ ले पराजित गर्दै अन्तिमा चारमा स्थान सुरक्षित गरेको हो ।
खेलको ५५औं मिनेटमा सशस्त्रले श्याम नेपालीको गोलबाट अग्रता लिएको थियो । तर, संकटाका रवि सिलवालले ७२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
७६औं मिनेटमा राज पौडेलले गोल गरेपछि संकटा २–१ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो ।
प्रतियोगिताअन्तर्गत् आइतबार रुपन्देही–११ र मनाङ–मर्स्याङ्दी क्लब भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्