बार्सिलोनाले १ सय ४२ मिलियन पाउन्डमा कौटिन्होलाई क्लबमा भित्र्याउने पक्का भएको छ । गत सिजनदेखि नै चर्चामा रहेको कौटिन्होको ट्रान्सफर आजसम्ममा आधिकारिक हुनेछ । सम्झौताका लागि कौटिन्हो गएराती नै बार्सिलोना पुगेको बताइएको छ । बार्सिलोनाका अर्का ब्राजिलियन खेलाडि नेयमार गत अगष्टमा फ्रेन्च क्लव पेरिस सेन्ट जर्मन (पिएसजी) गएयता बार्सिलोनाले उनको स्थानमा कौटिन्होलाई लैजान खोजेको थियो…