युएइमा रहेको नेपाली क्रिकेट टोलीले आज अभ्यास खेल खेल्दै • Image Khabar Image Khabar


युएइमा रहेको नेपाली क्रिकेट टोलीले आज अभ्यास खेल खेल्दै


Imagekhabar
१९ माघ २०७४, शुक्रबार १२:२५

युएइमा रहेको नेपाली क्रिकेट टोलीले आज अभ्यास खेल खेल्दै

  तस्बिरः रमन सिवाकोटी

माघ २५ गतेदेखि नामिबियामा हुने प्रतियोगिताको तयारीका लागि युएई पुगेको नेपाली टोलीले युएईसँग तेस्रो तथा अन्तिम अभ्यास खेल खेलिरहेको हो ।

यसअघि भएको पहिलो तथा दोस्रो अभ्यास खेलमा नेपालले क्रमशः २५ तथा १९३ रनको जित निकालेको थियो ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली आइतबार नामिबिया प्रस्थान गर्ने छ ।

६ टोली सहभागि डिभिजन टु प्रतियोगिताको शीर्ष २ स्थानमा पर्ने राष्ट्रले एक दिबसिय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्