बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै • Image Khabar Image Khabar


बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै


Imagekhabar
२० माघ २०७४, शनिबार ०७:१९

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

सुनसरीको धरानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् ।

प्रतियोगितामा ए डिभिजन क्लबसहित दुई पाहुना टोली सहभागी हुँदै छन् ।

यसपाली पुरस्कार बढाएर विजेताको ६ लाख र उपविजेताको ३ लाख रुपैयाँ पुर्‍याइएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशो राईले जानकारी दिए ।

सात विधाका उत्कृष्टले जनही २५ हजार पाउने छन् सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल जित्ने छन् ।

प्रतिक्रिया दिनुहोस्