
भरतपुर महानगरपालिका वडा नम्बर–२२ को आयोजनामा यही माघ २७ देखि फागुन १ गतेसम्म पर्यटकीय नगरी पटिहानीमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी वडा–२२ का वडाध्यक्ष विष्णुराज महतोले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनकाअनुसार प्रतियोगितामा बंगलादेशको राष्ट्रिय महिला भलिबल टिम र भारतको फ्रेन्च क्लब कोलकातासहित नेपालका विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा पश्चिमाञ्चल भलिबल संघको टिम र न्यू डाइमन्ड एकेडेमी काठमाडौंको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रचार–प्रसार समितिका संयोजक रामहरि सेढाइँले जानकारी दिए । यस्तै, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ र अरु चार विधामा उत्कृष्ट हुने खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिता सम्पन्न गर्न २७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्