विराटनगरस्थित शहीद रंगशालामा सोमबार साँझ भएको खेलमा मोरङ–११ लाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो । टाईब्रेकरमा झापाका कप्तान योगेश गुरुङ, विश्वास श्रेष्ठ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र माइकल लाइजेलले गोल गरे । मोरङका तर्फबाट कप्तान दिपक राई, अशोक…