
समूहको अन्तिम खेलमा मंगलबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि ७० रनको जित हासिल गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो ।
कीर्तिपुर मैदानमा वर्षाले ४० ओभरमा झारिएको खेलमा आर्मीले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर २२८ रन बनाएको थियो ।
अनिलकुमार मण्डलले ७२ तथा कप्तान विनोद भण्डारीले २३ बलमा ५० रन बनाएको इनिङ्समा भुवन कार्कीले ३ विकेट लिए ।
जवाफमा सशस्त्र ३२ ओभर ५ बलमा अलआउट हुँदै १५८ रनमा समेटियो ।
अमर राउटेलाले १६ बलमा अविजित रहँदै २९ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा सोमपाल कामीले ३ तथा सुशन भारी, सागर पुन र शहाब आलमले समान २/२ विकेट लिए ।
पराजित सशस्त्र उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।
पुलिस सेमिफाइनलमा
नेपाल पुलिस क्लब पनि सेमिफाइनलमा पुगेको छ ।
मंगलबारै मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा प्रदेश नम्बर–३ लाई ६ विकेटले हराउँदै पुलिस एक खेल खेल्न बाँकी छँदै सेमिफाइनलमा पुगेको हो ।
वर्षाले २० ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको प्रदेश–३ ले ९ विकेटको क्षतिमा १३७ रन बनाएको थियो ।
सोनु तामाङले ४८ तथा अदिल खानले ४५ रन बनाएको इनिङ्समा रामनरेश गिरीले ३ विकेट लिए ।
जवाफमा पुलिसले ४ विकेटको क्षतिमा एक बल खेल्न बाँकी छँदै विजय हासिल गर्यो ।
५ रन जोड्दा २ विकेट गुमाइसकेको पुलिसका लागि चौथो विकेटका लागि आरिफ शेख र सुनील धमलाबीच ११० रनको साझेदारी भएपछि जित हासिल गरेको हो ।
‘म्यान अफ दी म्याच’ घोषित आरिफले ५४ बलमा ६६ तथा सुनीलले ४६ बलमा अविजित रहँदै ५० रन जोडे ।
यो समूहबाट समान ३/३ खेलबाट शीर्ष दुईमा रहेका पुलिस र प्रदेश नम्बर–५ समान ५/५ अंकसहित सेमिफाइनलमा पुगेका छन् ।
४ खेल खेलिसकेको प्रदेश नम्बर–७ को पनि ५ अंक नै रहे पनि खराब रनरेटका कारण प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिक्रिया दिनुहोस्