रफाईल नदाल र डिएगो स्वार्जम्यानबीचको खेल वर्षाको कारण रोकियो • Image Khabar Image Khabar


रफाईल नदाल र डिएगो स्वार्जम्यानबीचको खेल वर्षाको कारण रोकियो


Imagekhabar
२४ जेष्ठ २०७५, बिहीबार ०७:३९

रफाईल नदाल र डिएगो स्वार्जम्यानबीचको खेल वर्षाको कारण रोकियो

काठमाडौं, जेठ २४ । फ्रेन्च ओपन टेनिसअन्तर्गत स्पेनिस खेलाडी रफाईल नदाल र अर्जेन्टिनाका डिएगो स्वार्जम्यानवीचको खेल वर्षाको कारण बिचमै रोकिएको छ ।

फ्रान्सको रोलाँ ग्यारोमा गएराती दोस्रो सेट चलिरहंदा वर्षा भएपछि खेल रोकिएको हो ।

खेल रोकिनुपूर्व अर्जेन्टाईनी खेलाडी स्वार्जम्यानले पहिलो सेट ६-३ ले जितेका थिएभने दोस्रो सेटमा नदाल ५-३ ले अघि थिए ।

यी दुई खेलाडीबीचको बाँकी खेल आज साँझ हुनेछ । स्वार्जम्यानसँग पहिलो सेट गुमाएका नदालले सन् २०१५ यता फ्रेन्च ओपनमा कुनैपनि सेट गुमाएको यो पहिलो घटना हो ।

फ्रेन्च ओपन टेनिसको महिला एकलतर्फ रुसकी मारिया सारापोभा र रोमानियाकी सिमोना हालेप सेमिफाइनलकम पुगेका छन् ।

क्वाटरफईनलमा स्पेनकी गार्बीने मुगुरुजालाई ६-२ र ६-१ ले हराँउदै सारापोभा तथा जर्मनीकी एन्जेलिक केर्बरलाई ६-७, ६-३ र ६-२ ले हराँउदै हालेप सेमिफाइनलमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्