
पहिलो सेमिफाइनलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर–५ सँग र दोस्रो सेमिफाइनलमा शनिबार नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ ।
समूह चरणको अन्तिम खेलमा बुधबार पुलिसले प्रदेश–५ लाई ७ विकेटले पराजित गर्दै समूह ‘बी’बाट समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो । प्रदेश–५ ले उपविजेता बन्दै सेमिफाइनलमा ठाउँ बनाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–५ ले ९ विकेटको क्षतिमा २०० रन बनाएको थियो ।
शंकर रानाले ४४ तथा सौरभ खनालले ४२ रन बनाएको इनिङ्समा रामनरेश गिरी र ललित राजवंशीले समान २/२ विकेट लिए ।
जवाफमा पुलिसले ४४ ओभरमै ३ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गर्यो । ‘म्यान अफ दी म्याच’ घोषित दीपेन्द्रसिंह ऐरीले ५३ बलमा अविजित रहँदै ५८ तथा आरिफ शेखले ५१ बलमा अविजित रहँदै ४५ रन जोडे ।
समूह ‘ए’बाट आर्मी समूह विजेता र सशस्त्र उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्