२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपालगन्ज गोल्डकपको तेस्रो संस्करण सुरु


0
Shares

नेपालगन्ज, जेठ २२ । नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण बाँकेको खजुरामा सुरु भएको छ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा सोमबार शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपालगन्ज–११ विजयी भएको छ ।

नेपालगन्जले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालगन्जका लागि खेलको चौथो मिनेटमा विक्रमसिंह ठकुरी र ४९ औं मिनेटमा विमल रानाले गोल गरे ।

शनिबारसम्म चल्ने प्रतियोगितामा आयोजकसँगै एपीएफ, सरस्वती क्लब, लाली रुपन्देही–११, सुदूरपश्चिम–११, सिएमजी संकटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने आयोजकले जनाएको छ ।