उनले बिहीबार आफ्नो टिम ‘दिल्ली डेयरडेभिल्स’ का खेलाडीहरुसँग मैदानमा अभ्याससमेत गरे । प्रशिक्षक रिकी पोन्टिङ, कप्तान गौतम गाम्भीरलगायत अन्य खेलाडीहरुसँग सन्दिप निकै उत्साहित हुँदै मैदानमा फिटनेश अभ्यासमा सहभागी भएका हुन् । दिल्ली डेयरडेभिल्सले आफ्नो पहिलो म्याच ८ अप्रिलमा किंग्स इलेभेन पञ्जावसँग खेल्दैछ । सन्दिप उक्त म्याचमा मैदानमा उत्रिने हुन् या होइनन् भन्नेमा धेरै नेपालीहरुको चासो…