२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपाल एक दिवसीय टिमको वरीयतामा


0
Shares

आइसीसीकाअनुसार शुक्रबार (आज)देखि लागू हुने गरी नेपालसहित नेदरल्यान्ड्स, स्कट्ल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई)लाई एक दिवसीय टिमको वरीयतामा समावेश गरिएको छ ।

आइसीसीले शीर्ष १२ टिमको वरीयतालाई विस्तार गरी उक्त संख्या १६ पुर्‍याएको छ ।

नेपालसहित नेदरल्यान्ड्स, स्कट्ल्यान्ड र युएईले अब खेल्ने एक दिवसीय खेललाई आइसीसीले वरीयता निर्धारणका लागि मान्य हुने खेलकारुपमा समावेश गरेको छ ।

नेपालले सन् २०१८ को फेब्रुअरीमा सम्पन्न आइसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको शीर्ष तीनमा स्थान पक्का गरेपछि एसोेसिएट राष्ट्रकारुपमा एक दिवसीय मान्यता पाएको हो । रासस