
यसअघि लगातार दुई खेल हारेको प्रदेश–४ ले बुधबार प्रदेश नम्बर–१ लाई १२९ रनले हरायो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको प्रदेश–४ ले हरि चौहानको १०० रन र सुम घिमिरेको ८३ रनको मद्दतमा निर्धारित् ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो ।
जवाफमा प्रदेश–१ ले सन्दीप ढुंगानाको ७१ रनको मद्दतमा ३५ ओभरमा अलआउट हुँदै १८१ रनमात्र बनाउन सक्यो ।
तीन खेलाडीले रनको खातासमेत खोल्न नसकेको इनिङ्समा अलराउन्डर हरिले १९ रन खर्चेर ह्याट्रिकसहित ४ विकेट लिए ।
एकै खेलमा कुनैपनि नेपाली खेलाडीले यस्तो किसिमको कीर्तिमान रचेका थिएनन् ।
वर्षा बाधक
बुधबारको मूलपानी मैदानमा हुनुपर्ने प्रदेश नम्बर–५ र प्रदेश नम्बर–७ बीचको खेल भने वर्षाले रद्द भएको छ ।
वर्षाले ३८ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको प्रदेश–७ ले ८ ओभरमा २ विकेट गुमाएर १९ रन बनाएको अवस्थामा फेरि वर्षा पछि खेल रद्द भएको हो । खेल रद्द भएपछि दुवै टिमले १/१ अंक बाँडेका छन् ।
समूह ‘ए’मा एक खेलबाट दुई अंकसहित सशस्त्र प्रहरी शीर्ष स्थानमा रहँदा ३ खेलबाट २ अंकको प्रदेश–४ दोस्रो स्थानमा छ । प्रदेश–२ र प्रदेश–१ को पनि २/२ अंक छ ।
समूह ‘बी’मा ३ खेलबाट ३ अंकको प्रदेश–७ शीर्ष स्थानमा रहँदा एक खेलबाट २ अंकको नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्