२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आर्मीको विजयी सुरुआत, सोमपाल कामीको ‘अलराउन्ड’ प्रदर्शन


0
Shares

बिहीबार भएको खेलमा ‘डकवर्थ लेविस’ नियमअनुसार प्रदेश नम्बर–२ लाई ५५ रनले पराजित गर्दै आर्मीले विजयी सुरुआत गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित् ५० ओभरको ३ बलअघि अलआउट हुँदै २४४ रन बनाएको थियो ।

खेलमा आर्मीका तर्फबाट राजु रिजालले अर्धशतक प्रहार गरे । यस्तै, सोमपाल कामीले ४१ तथा राजेश पुलामीमगरले ४० रन जोडे ।

दोस्रो इनिङ्सको खेल वर्षाले प्रभावित भएपछि ‘डकवर्थ लेविस’ नियमअनुसार ४० ओभरमा घटाइएको खेलमा २३८ रनको चुनौती पछ्याएको प्रदेश–२ ले निर्धारित् ओभरमा ९ विकेट गुमाउँदै १८२ रनमात्र जोड्न सक्यो ।

खेलमा प्रदेश–२ लाई रोक्नेक्रममा ‘म्यान अफ दी म्याच’ घोषित आर्मीका सोमपाल कामीले ३ विकेट लिए । यस्तै, सागर पुन, शाहब आलम र शुसन भारीले समान २/२ विकेट लिए ।

प्रतियोगितामा तीन खेल खेलेको प्रदेश नम्बर–२ को यो दोस्रो हार हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको प्रतियोगिताअन्तर्गत् शुक्रबार कर्णाली प्रदेश र नेपाल पुलिस क्लब तथा आर्मी र प्रदेश नम्बर–१ भिड्नेछन् ।