
काठमाडौं, जेठ १६ । विश्वकप फुटबलको तयारीमा रहेका देशहरु अहिले मैत्रीपूर्ण खेलमा व्यस्त हुन थालेका छन् ।
रुसमा विश्वकप फुटबल सुरु हुन १५ दिन मात्रै बाँकी छँदा सहभागी सबै ३२ टोलीले अन्तिम चरणको तयारी गरिरहेका छन् ।
विश्वकपको तयारीकै लागि गएराति भएको एउटा मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले पराजित गरेको छ ।
विश्वकपको उपाधि दावेदार मानिएको अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेका छन् । टोलीका लागि चौथो गोल भने सर्जियो अगुएरोले गरेका हुन् ।
विश्वकप फुटबलकै तयारीमा रहेको मध्य अमेरिकी मुलुक पानामाले भने गएराति नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेलेको छ ।
यसैगरी पेरुले स्कटल्याण्डलाई २-० ले हराउँदा मेक्सिकोले वेल्ससँग गोलरहित बराबरीमा चित्त बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्