मदन भण्डारी फाउन्डेसनको सहयोगमा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा शनिबार भएको फाइनल खेलमा थ्रीस्टारले ३७औं मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । विमल घर्तीमगरको पासमा चेम्जोङले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा त्यसपछि गोल हुन सकेन र थ्रीस्टारले उपाधिमाथि कब्जा जमायो । उपाधिसँगै थ्रीस्टारले रु १२ लाख हात पारेको छ ।…