Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा


0
Shares

बिहीबार घोषित टोलीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दीलिप नाथ, ललितसिंह भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल तथा वैकल्पिक खेलाडीमा सुनिल धमला, ललितनारायण राजवंशी, किशोर महतो र सिद्धान्त लोहनी रहेका छन् ।

गत महिना सम्पन्न इपीएल टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका अनिलकुमार शाह र रोहितकुमार पौडेलले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले खेलाडी चयन गरेको हो ।

प्रारम्भिक चरणमा छनोट भएका २१ खेलाडीबाट अन्तिम टोली छनोट गरिएको हो ।

नेपाली टोली नामिबिया जानुअघि यही माघ १३ गते युएई भ्रमणमा जानेछ । त्यहाँ रहँदा नेपालले तीनओटा अभ्यास खेल खेल्ने तय भएको कप्तान खड्काले बताए ।

नेपाली टोली माघ २१ गते नामिबिया जानेछ । डिभिजन–२ माघ २५ गतेदेखि नामिबियामा सुरु हुनेछ ।

आइसीसी वर्ल्ड क्रिकेट लिगको शीर्ष चारमा पर्न असफल भएपछि नेपाल गत असोजमा डिभिजन–२ मा घटुवा भएको हो ।

अब डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष दुई टोलीले सन् २०१८ मार्चमा जिम्बाब्वेमा हुने ‘वान डे क्वालिफायर’ खेल्न पाउनेछन् । रासस