एन्फाका नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाको टोलीलाई एएफसीको मुख्यालय मलेसियाको क्वालालम्पुरमा स्वागत गर्दै एएफसीले एक करोड ३० लाख रुपैयाँ सहयोग गरेको हो । सम्झौतापत्रमा एएफसीका महासचिव दातो विन्डसोर जोन र एन्फाका महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका छन् । एएफसीले ‘ग्रासरुट’ क्षेत्रको विकास र प्राविधिक क्षेत्र विकासका लागि भन्दै सहयोग गरेको एन्फा महासचिव तुलाधरले जानकारी दिए ।…