
काठमाडौं, असार ११ । विश्वकप फुटबलमा जापान र सेनेगलले २-२ गोलको बराबरी खेलेका छन् ।
रुसको एकातेरीन्वर्ग एरिनामा भएको खेलको ११ औं मिनेटमा सादियो मानेले गोल गर्दै सेनेगललाई अग्रता दिए ।
३४ औं मिनेटमा जापानका ताकासी ईनुईले गोल गर्दै खेल बराबरीमा पुर्याए । दोस्रो हाफमा सेनेगलले अर्को गोल थप्यो ।
७१ औं मिनेटमा मौसा वागीले गोल गर्दै सेनेगललाई खेलमा दोस्रो पटक अग्रता दिलाए ।
तर ७८ औं मिनेटमा जापानका केईसुके होण्डाले एक गोल गरेपछि खेल २-२ गोलको बराबरीमा सकियो ।
जापानका लागि दोस्रो गोल गरेका होण्डा विश्वकप फुटबलका लगातार तीन संस्करणमा गोल गर्ने खेलाडीसमेत बनेका छन् ।
यो बराबरीसँगै जापान र सेनेगल दुबै टोलीले समुहको २ खेलबाट ४/४ अंक बटुलेका छन् ।
अन्तिम खेलमा जापानले पोल्याण्डसँग तथा सेनेगलले कोलम्बियासँग खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्