
कविराज घिमिरे (इमेज)
धनकुटा, असार ११ । सुनसरी र ओखलढुंगा धनकुटामा जारी प्रथम सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
धनकुटाको चौबिसे गाउँपालिकाको राजारानीमा आइतबारदेखि सुरु भएको प्रदेश नम्बर–१ स्तरीय भलिबल प्रतियोगितामा उपाधिका लागि सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको हो ।
सोमबार सम्पन्न सेमिफाइनल खेलमा सुनसरीले ताप्लेजुङ र ओखलढुंगाले भोजपुरलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।
सुनसरीले ताप्लेजुङलाई २५–१२, २५–२२ र २५–१५ को सोझो सेट तथा ओखलढुंगाले भोजपुरलाई पनि २५–२०, २५–२० र २५–१९ को सोझो सेटमै पराजित गरेको हो ।
प्रतियोगितामा प्रदेश नम्बर–१ अन्तर्गत्का १४ ओटै जिल्लाबाट १४ ओटा टिमको सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्