१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


साउदी अरबले ईजिप्टलाई हरायो, दुवै टिम बाहिरिए


0
Shares

काठमाडौं, असार १२ । एसियाली मुलुक साउदी अरबियाले विश्वकप फुटबलमा १२ खेलको जितविहीन श्रृंखला तोडेको छ ।

गएराति भएको समुह ए को अन्तिम खेलमा ईजिप्टलाई २–१ ले पराजित गर्दै साउदीले १२ खेलपछि पहिलो जित दर्ता गरेको हो ।

गएरातिको खेलमा ईजिप्टका मोहमद सलाहाले गोल गर्दै टोलीलाई अग्रता दिए । साउदी अरबियाले पेनाल्टी हान्ने पहिलो अवसर खेर फाल्यो ।

यसको केही समयपछि साउदीले फेरी पेनाल्टी हान्ने अवसर पायो । यतिवेला सलमान अल फराजले गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

ईन्जुरी समयमा साउदीका सलिम अल दवासरीले एक गोल थप्दै टोलीको जित पक्का गरे ।

लगातार दुई खेल हार्दै समुहबाटै बाहिरिसकेका यी दुई टोलीबीचको भिडन्त प्रतिष्ठाको लडाई मात्रै थियो ।

यो खेल जित्दै साउदीले सन् १९९४ पछि विश्वकपमा पहिलो जित दर्ता गरेको हो ।

१९९४ मा अमेरिकामा भएको विश्वकप फुटबलमा साउदी अरबियाले युरोपेली मुलुक बेल्जियमलाई हराएको थियो ।