१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


विश्वकपमा कोलम्बियाले निकाल्यो पहिलो जित, पोल्याण्ड निराश


0
Shares

काठमाडौं, असार ११ । कोलम्बियाले रुसमा जारी विश्वकप फुटबलमा पहिलो जित हात पारेको छ ।

गएराति भएको खेलमा पोल्याण्डलाई ३-० ले हराउँदै कोलम्बियाले अर्को चरणमा उक्लिने सम्भावना कायमै राखेको छ ।

खेलको ४० औं मिनेटमा यारी मिनाले गोल गर्दै कोलम्बियालाई अग्रता दिए ।

७० औं मिनेटमा कोलम्बियाको अग्रता दोब्बर भयो । स्टार खेलाडी राडामल फाल्काओले गोल गर्दै कोलम्बियालाई सहज अवस्थामा पुर्‍याएका हुन् ।

यसको ५ मिनेटपछि कोलम्बियाले अर्को गोल थप्यो ।

हुँवा क्वाड्राडोले टोलीका लागि तेस्रो गोल गरेपछि कोलम्बियाको जित पक्का भयो ।

यो जितपछि कोलम्बियाको राउण्ड अफ सिक्सटिनमा पुग्ने संभावना बलियो भएको छ ।

उता पराजित टोली पोल्याण्ड भने समुह चरणबाटै बाहिरिने पक्का भएको छ ।

समुहको अन्तिम खेल जितेको खण्डमा कोलम्बिया दोस्रो चरणमा पुग्नेछ । हार वा बराबरीले भने उसलाई समुहबाटै घर फर्काउन सक्छ ।