काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्टहरुबीच पुनः एकता हुनपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै गौतमले यस्तो बताउनुभएको हो । गौतमले कम्युनिष्ट पार्टीले एकता गर्छौं भनेर आफ्नो प्रश्ताव राख्नुपर्ने बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण…