काठमाडौं । नारायढगढ– मुग्लिङ सडकखण्डको सत्रकिलो भन्ने ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने सडकखण्डमा आज बिहान ३ बजे यात्रुबाहक बस र माइक्रोबस ठोक्किएका हुन् ।
नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नम्बरको विद्यतीय माइक्रोबस र मुग्लिङ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा परेर ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्