काठमाडौं । इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटिएको छ । शुक्रबार काठमाडौको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा किटाणु फेला पारेको हो । सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो किटाणु भेटिएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणको लागि कृषि तथा पशुपंक्षी विभागमा पठाएको छ । मिनिरल वाटरको…