काठमाडौं । लुम्बिनी कप महिला फुटवल प्रतियोगिता आगामी फागुन १९ गतेदेखि नेपागञ्जमा हुने भएको छ ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा नेपालगञ्जस्थित महेन्द्र रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी हुनेछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता आयोजनाका लागि फागुन १९ देखि २९ गतेसम्मको समय दिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।
यसअघि गत मंसिर १६ गते नेपाली महिला फुटवल राष्ट्रिय टिमकी पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बापो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्दै प्रतियोगिता घोषणा गरेका थिए ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्रतियोगिताले फुटबलको मात्रै नभएर पश्चिम नेपालको पर्यटन विकासमा पनि सहयोग पुर्याउने धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्