काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
दुर्घटनामा वडा प्रहरी कार्यालय लमहीमा कार्यरत लमही नगरपालिका–७ निवासी २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पूर्व–पश्चिम राजमागअन्तर्गत लमही नगरपालिका–७ पदमिनी खोलानजिक लु १ ख ९३५२ नम्बरको ट्रकमा लुम्बिनी प्रदेश ०१–००२ प ११४८ नम्वरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि लमही अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ट्रक चालक रुपन्देहीको स्यारी गाउँपालिका–४ का २९ वर्षीय जितेन्द्र राजभरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्