काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोईराला अदालतमा उपस्थित हुनुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्ने क्रममा सांसद भट्टराईले आरोपित सभापति पत्नी कोइरालाले न्यायिक निरूपणलाई अदातलमा उपस्थित भएर सघाउनुपर्ने बताउनुभएको हो ।
सांसद भट्टराईले सभापतिबारे उठेका प्रश्नको जवाफ दिने ठाउँ समिति नभए पनि स्पष्ट बनाउँदा हुने बताउनुभयो । उहाँले सभापतिको श्रीमती एउटा सहकारीमा जोडिए पनि न्याय निरुपणको लागि उहाँ अदालतमा जाने विश्वास रहेको उल्लेख गर्नुभयो ।
सांसद भट्टराईले पछिल्लो समय मुद्दा लाग्दैमा कतिपयले बाहिर कराउँदै हिँड्ने गरेको भन्दै एमालेका नेता कार्यकर्ताले त्यस्तो नगर्ने विश्वास लिएको बताउनुभयो । उहाँले सभापतिलाई समेत श्रीमतीसँग जोडेर गरिएका प्रश्नबारे प्रष्ट पार्न आग्रह गर्नुभयो ।
सांसद भट्टराईले सार्वजनिक लेखा समिति सभापति जस्तो प्रतिष्ठित व्यक्तिले आफ्नो परिवारलाई लुकाएर राख्न नहुने भन्दै त्यो सम्भव पनि नभएको उल्लेख गर्नुभयो । उहाँले हाल रहेको सत्तागठबन्धन २०८४ सालसम्मै जाने दाबी गर्नुभयो । उहाँले विगतमा रहेको राजनीतिक परिस्थितिअनुसार संसदको पदाधिकारीबारे सहमति भएको बताउनुभयो । उहाँले राष्ट्रिय सभा अध्यक्ष, समिति सभापति सबैमा राजनीतिक परिस्थिति अनुसार चयन भएको उल्लेख गर्दैअहिलेको परिस्थिति अनुसार सबै बदल्ने हो भने आफूहरू तयार रहेको बताउनुभयो ।
कांग्रेसका सांसद कांग्रेसका सांसद राजेन्द्र केसीले श्रीमतीले गल्ती गर्दा श्रीमान फस्ने हुन् कि भन्ने ठूलो चिन्ता रहेको बताउनुभयो । उहाँले श्रीमतीले गल्ती गर्दा श्रीमान फस्ने हुन् कि हैन कानूनले के भन्छ भन्दै चिन्ता व्यक्त गर्नुभयो । सांसद केसीले लेखा समिति सभापति ऋषिकेश पोखरेलको बचाउ समेत गर्नुभयो । उहाँले सभापतिको श्रीमतीको पक्राउ जारी भएको तर सभापतिलाई नभएको भन्दै सभापतिलाई यसमा मुछ्नु राम्रो नभएको बताउनुभयो ।
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले समिति सभापतिप्रति व्यक्तिगत रुपमा आरोप÷प्रत्यारोप लगाउन नहुने बताउनुभयो । उहाँले अदालतबाट आरोप पुष्टि नभई सभापति प्रति आरोप लगाएर प्रश्न उठाउनु जायज नभएको बताउनुभयो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विगतमा रहेको राजनीतिक परिस्थितिअनुसार संसदको पदाधिकारीबारे सहमति भएको बताउनुभयो । उहाँले राजनीतिक सहममितको आधारमा सभापति चयन भएकाले बारम्बार सभापतिप्रति प्रश्न उठाउनु जायज नभएको बताउनुभयो ।
समिति सभापति ऋषिकेश पोखरेलले नीतिगत रूपमा आफूमाथि उठेका विषयमा विभिन्न ठाँउमा जवाफ दिन तयार रहेको बताउनु भयो । उहाँले कानूनी प्रक्रियामा रहेका विषयको सबै परीक्षामा समावेश हुन आफू तयार रहेको उल्लेख गर्नुभयो । उहाँले सभापति चयनका विषयमा दलहरूबीचको सहमति स्वीकार्य हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्