काठमाडौं, कात्तिक २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल तुल्याउन राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिएकी छन् । नेपालीहरूको महान् पर्व तिहार, नेपाल संवत् ११३९ तथा छठ पर्वको सुखद उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपराह्न आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणमा सबै दल एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएकी…