अपडेटः डोल्पा, कात्तिक १९ । ठूलीभेरी नगरपालिका–९ को कालागौंडानजिकै बतासे वडारमा सोमबार भएको जिप दुर्घटनाका मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिंह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षीया अस्मिता रोकाय, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध…