Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


डोल्पा जिप दुर्घटनाः मृतक सबैको सनाखत


0
Shares

अपडेटः

डोल्पा, कात्तिक १९ । ठूलीभेरी नगरपालिका–९ को कालागौंडानजिकै बतासे वडारमा सोमबार भएको जिप दुर्घटनाका मृतक सबैको सनाखत भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिंह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षीया अस्मिता रोकाय, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध धराला, २४ वर्षीय कुमार रोकाय, सोही नगरपालिका–५ का १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका–५ का ३० वर्षीय भद्र रोकाय र १७ वर्षीया मनिषा धराला रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अभदेश बिष्टले जानकारी दिए ।

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ का नन्दबहादुर थापा र सोही नगरपालिका–३ का चालक दिनेश बोहरा रहेका छन् ।

घाइते बोहराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सबै शवको मंगलबार परीक्षण गरेर आफन्तलाई बुझाइने बताइएको छ ।

त्रिपुराकोटतर्फ १२ जना यात्री बोकेर जाँदै गरेको भे१च १६१० नम्बरको जिप अपराह्न दुर्घटना हुँदा सात पुरुष र तीन महिलासहित १० को मृत्यु भएको हो ।

जिप सडकबाट १५ मिटर तल ठूलीभेरी नदीमा खसेको थियो ।

जिल्लावासीलाई सुविधा दिनका लागि हेलिकोप्टरबाट ल्याइएको जिप सदरमुकाम दुनै–त्रिपुराकोट र दुनै–जुफालमा सन्चालित थियो । रासस