तुलसीपुर, कात्तिक २२ । दाङको तुलसीपुरमा देउसी–भैलो खेल्न हिँडेको टोली बोकेको जिप दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । दुर्घटनामा परेकामध्ये पाँचजना गम्भीर रहेका प्रहरीले जनाएको छ । गम्भीर घाइते दुईजनालाई घोराही र तीनजनालाई नेपालगन्ज सिफारिस गरिएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई सशस्त्र प्रहरी, जनपथ प्रहरीले घटनास्थलबाट उद्धार गरेर राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पुर्याइएको…