प्रतीक्षा खनाल/राममान डंगोल (इमेज) काठमाडौं, कात्तिक २३ । तिहारको अन्तिम दिन शुक्रबार देश–विदेशमा बस्ने नेपालीहरुले भाइटीका मनाइरहेका छन् । दिदीबहिनीहरुले आफना दाजुभाइलाई सप्तरंगी टीका लगाइदिने गर्दछन् । तर, काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भने दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टीका लगाएका छन् । रानीपोखरीको बीचमा रहेको यस बालगोपालेश्वरको मन्दिरमा पुग्नेहरुलाई यहाँ बस्ने दिदीबहिनीहरुले टीका लगाइदिने गर्दछन् ।…