धादिङ, भदौ १ । विद्युत प्राधिकरण धादिङको लापरबाहीका कारण नगरपालिका क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । रुखका हाँगा बढेर तार छुनै लाग्दा पनि प्राधिकरणले चासो नदेखाउँदा विद्युतीय दुर्घटनाको जोखिम बढेको हो । ठाउँठाउँमा राखिएका ट्रन्सफर्मरबाट नाङ्गो तार जथाभावी अलपत्र छाडेको स्थानीयको गुनासो छ । स्थानीयले पटक पटक विद्युत प्राधिकरणलाई तारलाई छोएका रुखका हाँगा काट्न…