१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


यस्तो हुन्छ रानीपोखरीको भाइटीका (भिडियो)


0
Shares

प्रतीक्षा खनाल/राममान डंगोल (इमेज)

काठमाडौं, कात्तिक २३ । तिहारको अन्तिम दिन शुक्रबार देश–विदेशमा बस्ने नेपालीहरुले भाइटीका मनाइरहेका छन् ।

दिदीबहिनीहरुले आफना दाजुभाइलाई सप्तरंगी टीका लगाइदिने गर्दछन् । तर, काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भने दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टीका लगाएका छन् ।

रानीपोखरीको बीचमा रहेको यस बालगोपालेश्वरको मन्दिरमा पुग्नेहरुलाई यहाँ बस्ने दिदीबहिनीहरुले टीका लगाइदिने गर्दछन् ।

औपचारिक परिचयसमेत नभएका दाजुभाइ दिदीबहिनीबीच यहाँ भाइटीका हुने गर्दछ । टीका लगाइसकेपछि दाजुभाइले पनि गच्छेअनुसार दक्षिणा पनि दिने गर्दछन् ।

त्यसो त वर्षमा भाइटीकाको दिनमात्रै यो मन्दिर सर्वसाधारणका लागि खुल्ने भएकाले सर्वसाधारण यहाँ आउने गर्दछन् ।

तर, भूकम्पछि पानी सुकाइएको रानीपोखरी केही वर्षयता घाँसेमैदानकारुपमा रहेकाले यहाँ पुग्ने सर्वसाधारणमा पनि कुनै उत्साह भने पाइएन ।

बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएपछि यहाँको मूर्ति छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको थियो ।

तर, भाइटीकाको दिन सर्वसाधारण मन्दिरमा आउने भएकाले बालगोपालेश्वरको मूर्तिलाई पनि शुक्रबार बिहानै मन्दिरमा ल्याइएको थियो ।

भाइटीका लगाउन र दर्शन गर्न रानीपोखरी पुग्नेहरुले रानीपोखरी र बालगोपालेश्वरको मन्दिर पुनःनिर्माण नभएकामा असन्तुष्टि व्यक्त गरे ।

पोखरीमा पानी नभएपनि र मन्दिरसमेत भताभुंग अवस्थामा रहे पनि सर्वसाधारणले चलिआएको परम्परा धान्दै बालगोपालेश्वर मन्दिर परिसरमा पुगेर भाइटीका भने लगाइछाडेका छन् ।

भिडियो हेर्नुहोस्