२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


देउसी–भैलोको टोली सवार जिप दुर्घटना, २७ जना घाइते


0
Shares

तुलसीपुर, कात्तिक २२ । दाङको तुलसीपुरमा देउसी–भैलो खेल्न हिँडेको टोली बोकेको जिप दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

दुर्घटनामा परेकामध्ये पाँचजना गम्भीर रहेका प्रहरीले जनाएको छ ।

गम्भीर घाइते दुईजनालाई घोराही र तीनजनालाई नेपालगन्ज सिफारिस गरिएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई सशस्त्र प्रहरी, जनपथ प्रहरीले घटनास्थलबाट उद्धार गरेर राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पुर्‍याइएको थियो ।

आदर्शनगर युथ क्लबको देउसी–भैलो टोली बोकेको लु१च ७५१६ नम्बरको जिप तुलसीपुर–घोराही सडकखन्डको मोतीपुरगेटनजिकै उकालोमा बिहीबार दुर्घटनामा परेको थियो ।

क्षमताभन्दा बढी मान्छे राखेका कारण जिप पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विवेक शाहले जानकारी दिए ।

जिपका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । रासस