८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024


चार्ल्स शोभराजलाई सजाय छुट नदिनुको कारण पेस गर्न सर्वोच्चको आदेश


0
Shares

काठमाडौं, कात्तिक २० । सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी) चार्ल्स शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेस गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार छुट नहुनुको कारण लिखितरुपमा पेस गर्न सरकारसँग कारण देखाऊ आदेश जारी गरेको हो ।

अधिवक्ता शकुन्तला थापाले शोभराजको उमेर ७५ वर्ष पुगिसकेको हुनाले सहुलियत दिन माग गर्दै सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् ।

नेपालको संविधान, कारागार नियमावली, सजाय माफी मुल्तवी, परिवर्तनसम्बन्धी कार्यविधि, ज्येष्ठ नागरिक ऐन र सर्वोच्च अदालतकै विगतका नजिरका आधारमा छुट पाउनुपर्ने माग निवेदनमा गरिएको छ ।

यसअघि, सर्वोच्च अदाललते ७५ वर्ष पूरा भएपछि विदेशी नागरिकको हकमा पनि छुट दिन सकिने आदेश जारी गरेको थियो । सोही आदेशअनुसार शोभराजले पनि छुट पाउनुपर्ने माग गरिएको छ ।

शोभराजले २०६० असोज २ देखि २०८० असोज १ गतेसम्म २० वर्ष कैद भुक्तान गर्नुपर्नेमा १५ वर्ष भुक्तान गरेको निवेदनमा उल्लेख छ । रासस