२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


भैरव नाचको संस्कृति जोगाउन युवा पुस्ता सक्रिय


0
Shares

अर्घाखाँची, कात्तिक २१ । अर्घाखाँचीमा भैरव नाचको संस्कृति जोगाउन डिभर्नाका नेवार समुदायका युवा सक्रिय भएका छन् ।

कात्तिक कृष्ण औंसीका दिन नाच्ने भैरव नाचमा कालो, रातो, सेतो भैरव र डंकेनीको रुपमा नाच्ने चलन छ । कालो भैरवलाई यस नाचमा काल भैरवको प्रतीक, रातो भैरवलाई देबी र सेतोलाई गणेशको प्रतीकका रुपमा लिइने चलन छ ।

भैरव नाचको समापनपछि भुच्याङ, लाठी नाच, घोडा नाच, चरा नाच, भालु नाच तथा लाटा लाटीको प्रस्तुति पनि क्रमैसँग देखाइन्छ । भैरव नाचमै लिला नाच, लाहुरे लाहुरेनी तथा अन्य बिभिन्न हाँस्य ब्यंग्य प्रस्तुतिसमेत देखाइन्छ ।

नेवार समुदायका बुढा पाकाहरु हुँदै यो नाच पुस्तान्तरण भएको छ । पछिल्लो समयमा यो नाचमा युवा पुस्ताको चासो बढेको भैरव संरक्षण समितिका संरक्षक गौरीनारायण श्रेष्ठ बताउँछन् ।