सर्लाही । निजी बोर्डिङ स्कुल सञ्चालकको हत्याको विरोधमा आज सर्लाहीका सबै निजी विद्यालय बन्द गरिएको छ । जिल्लाको जिरायतमा निजी विद्यालय सञ्चालन गर्दै आएका मालिक महतोको गत शुक्रबार राति अज्ञात व्यक्तिले गरेको हत्याको विरोधमा आज जिल्लाभरका निजी विद्यालय बन्द गरिएको हो । महतोको गत शुक्रबार राति घर नजिकै विभत्स ढंगले हत्या गरिएको अवस्थामा शव फेला…