
चितवन, पुस ९ । चितवनको भरतपुर महानगरपालिका–९ आपँटारीमा गएराती बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
गएराति सवा १२ बजे ना७ख १६४२ नम्बरको बसले ना६१प २२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा जिल्ला अस्पताल चितवन भरतपुरमा गएराति मृत्यु भएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । नाम थर वतन खुल्न बाँकी रहेका मोटरसाइकलमा पछाडी सवार ब्यक्तिको भने भरतपुर मेडिकल कलेज चितवन मै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्