Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


दाङ दुर्घटना : छानबिन गर्न समिति गठन


0
Shares

विवेक खड्का

दाङ, पुस ८ । दाङको राम्रीमा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।

दाङका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिका  सदस्यहरुमा प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्द, प्रहरी नायव उपरीक्षक पुष्प मल्ल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदनबहादुर कुँवर छन् ।

कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी सवार बस तुलसीपुर–३, राम्रीमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।