१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


कपिलवस्तुमा ट्रिपरको ठक्करबाट बृद्धाको मृत्यु


0
Shares

कपिलवस्तु, पुस ८ । कपिलवस्तुमा ट्रिपरको ठक्करबाट एकजना वृद्ध महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका–१ बनबासा जंगलमा बाटो काट्ने क्रममा लु१ख ५४९५ नम्बरको ट्रिपरको उनलाई ठक्कर दिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए ।

अन्दाजी ८५ वर्षीया महिलाको मृत्यु भएपनि उनको पहिचान खुल्न सकेको छैन । ठक्कर दिने चालक र ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।