सोलुखुम्बु, पुस ११ । जिल्लाको तीन गाउँपालिका जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण हुनेभएपछि स्थानीयवासी हर्षित भएका छन् । पुस ५ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले सोताङको पावै र थुलुङ–देउसा जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेपछि यहाँका बासिन्दा खुशी भएका हुन् । कोशी पारीको साविक पाँच गाविस पावै, सोताङ, बुङ, छेस्काम र गुदेल रहेको उक्त…